काठमाडौं । सत्तारुढ दलहरूबिच फागुन ६ मा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो ।
गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेसहरु संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे उनले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत रहेको बताए ।
भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताए । संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए ।
प्रतिक्रिया