राजनीति

मध्यरातमा सुधार केन्द्रमा ‘फाइट’, ग्याङ्गले घेरा हाल्दै कुटेर मा८¥यो


जन्म सुधार केन्द्रमा मृत भेटिएका धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कलैया–९, रामपुरका ३२ वर्षीय मण्डलको शव आज बिहान फेला परेको थियो ।घटना शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित सातजनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

दुव्र्यसनमा फसेर जीवन बर्बाद बनाएकाहरुलाई सुधारेर पुनर्जन्म दिने सुधार केन्द्रहरु नै मृत्युकेन्द्र बनिरहेका छन् । परिवारले विश्वास र भरोसामा आफन्तलाई सुधार केन्द्रको जिम्मा छाड्ने गरे पनि शारीरिक यातनादेखि श्रमशोषणसम्मका घटना बाहिरिने गरेका छन् । जसले सुधार केन्द्र नै असुरक्षित बन्दै गएको देखिएको छ । यस्तै एउटा घटना फागुन २ गते शुक्रबार बाहिरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा रहेका धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डललाई सुधार केन्द्र भित्रैका केही युवाले कुटपिट गर्दा ज्यानै गएको छ ।

मृत भेटिएका मण्डलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।कलैया–९, रामपुरका ३२ वर्षीय मण्डलको शव शुक्रबार बिहान फेला परेको थियो ।घटना शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित सातजनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा बाहिरिएको सीसीटीभी भुटेजमा चार÷पाँच जना युवाले एक जनालाई मरणासन्न हुने गरी कुटेको देखिन्छ । लागुऔषध दुव्र्यसनी राख्ने सुधार केन्द्रमा परिवारले राखेका मण्डलमाथि त्यहीँका अन्य व्यक्तिहरूले कुटपिट गरेको र सोही कारण उनको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी सन्तोष तामाङले जानकारी दिए ।

घटना शंकास्पद लागेपछि एसपी तामाङकै नेतृत्वमा प्रहरी टोली सुधार केन्द्र पुगेको थियो । सुरुमा सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले पछि थप एक जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न अरू दुईजना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुधार केन्द्रका सञ्चालकमध्येका कलैया–३ का १९ वर्षीय सर्फराज मन्सुर, कलैया–४ का २२ वर्षीय निरज सरार्फ छन् । यस्तै, कलैया–६ का २० वर्षीय महमद आशु मियाँ शेख, कलैया–१ का २४ वर्षीय अरुण शरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन् ।सुरज शेख र साहिल अली भने फरार छन् । प्रहरीका अनुसार उनीहरूले मण्डलको मृत्युलाई भवितव्य देखाउन खोजेका थिए ।

सोही उद्देश्यले उनीहरूले सुधार केन्द्रमा जोडिएको सीसीटीभी क्यामेरा निकालेर फ्याँकेका थिए । तर, तत्काल आरोपितलाई पक्राउ गरेसँगै प्रहरी सीसीटीभी फुटेज ‘रिकभर’ गर्न सफल भएको छ । पक्राउ परेकाहरूले मण्डललाई कुटपिट गर्दै गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको एसपी तामाङले बताए ।

मण्डल १९ दिनअघि उक्त सुधार केन्द्रमा भर्ना भएका थिए ।सुधारिएर फर्किने आशमा बसेका परिवार मन्डलको मृत्युले विछिप्त बनेका छन् । दुव्र्यसनमा फसेर जीवन बर्बादीबाट बच्न सुधार केन्द्र पुगेका युवा सुधार केन्द्रबाटै असुरक्षित हुनेले भने गम्भीर प्रश्न उठाएको छ भने पछिल्लो घटनाले सुधार केन्द्रहरुमाथिको नियमनमा सम्बन्धित निकायको कमजोरीलाई समेत उदाङ्गो बनाएको छ ।