काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता र बालिकालाई घरेलु कामदार बनाइ शोषणा गरेकी लुम्बिनी प्रदेशका सांसद रेखा शर्मालाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार आफ्नालाई जोगाउन केन्द्रित भएको आरोप लगाए ।
शाहीले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ भन्दै आक्रोश पोखेका छनु । उनले मानव तस्करीमा जोडिएका एमाले सांसद लीलाबल्लभ अधिकारीलाई पनि उन्मुक्ति दिएकोप्रति आपत्ति जनाए । सांसद शाहीले ओली सरकारको ट्याग लाग्नासाथ अदालतभन्दा पनि ठूलो भएको टिप्पणी गरे ।
प्रतिक्रिया