काठमाडौं—राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताए । जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै उनले प्रश्नसमेत गरे ।
राजनीति
प्रतिक्रिया