समाचार

आजपनि झन्डै ११ अङ्कले नै घट्यो शेयर बजार


काठमाडौं—शेयर बजार आजपनि झन्डै ११ अङ्कले नै घटेको छ । नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको हो । आज व्यापार बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।।