काठमाडौं—साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बिहीबार नौ अर्ब २४ करोडको कारोबार भएकोमा आइतबार आठ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८६ करोड रूपैयाँ कमी आएको हो। आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ५१ हजार ५८५ कित्ता सेयर किनबेच भएको हो। आइतबार ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
प्रतिक्रिया