Breaking

निजीका आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको पारिश्रमिक दिने निर्णय

योहो संवाददाता

चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले सो निर्णय गरेको हो ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० असोज ३० गते पीजी अध्ययन गर्दै अस्पतालमा आवासीयको रूपमा काम गरिरहेका चिकित्सकलाई आठौँ तहका सरकारी चिकित्सकसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।

तर, यही माघ १४ गते स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीको बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ताबारे सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णयमा पारिश्रमिक कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार उपलब्ध गराउनुपर्ने भनिएको थियो ।

निर्णयको विरोधमा आवासीय चिकित्सक विगत १० दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।