Breaking

पाथिभरामा स्थानीयमाथि वार्ताको बाटो छाडेर सरकारले दमन गरेको प्रचण्डको आरोप

योहो संवाददाता

काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ(पाथिभरा)मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् । उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्‍न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु। ‘