काठमाडौँ – बुढानिलकण्ठ नगरपालिकाले संयुक्त लोसार शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ । हिमाली आदिवासी समुदायको महत्वपूर्ण पर्व लोसारको अवसरमा नगरपालिकाले एकसाथ तमू लोसार सोनाम लोसार र ग्याल्पो लोसार संयुक्त शुभकामना आदनप्रदान कार्यक्रम कार्यक्रम आयोजना गर्न लागेको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सबै समुदायलाई समेटी लोसार कार्यक्रम गर्न लागेको नगर उपप्रमुख अनिता लामाले जानकारी दिनुभयो । उहाँका अनुसार माघ १० गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार लोसार कार्यक्रम गर्न लागेको हो ।

यसअघि लगातार दुई बर्ष सोनाम लोसार कार्यक्रम गरिदै आएकोमा यो वर्ष नगरपालिकाले सबै जातजातिलाई समेटी संयुक्त कार्यक्रम गरिन लागेको जनाएको छ । कार्यक्रममा तामाङ शेर्पा र गुरुङ जातिको संस्कार संस्कृति झल्किने सााँस्कृतिको झाँकी, मौलिक प्रस्तुति, परम्परागत मौलिक खानपान तथा बस्तुहरुको स्टल समेत राखिने प्रचारप्रसार उपसमितिका संयोजक छोकी शेर्पाले जानकारी दिनुभयो ।
लोसार शुभकामना आदनप्रदान कार्यक्रम यहि माघ २६ गते शनिबार जेष्ठ नागरिक पार्क गोल्फुटारमा हुँदैछ । नगरभित्र बसोबास गर्ने विभिन्न जातजातिहरुको पहिचान, सँस्कृतिको संरक्षण गर्न र जातिय एकताको लागि यो कार्यक्रम महत्वपुर्ण हुने नगरपालिकाको विश्वास छ ।
प्रतिक्रिया