Breaking

बहस नसकिएपछि रविलाई हिरासत पठाइयाे


काठमाडौं—चितवन जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ । आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो । बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।