काठमाडौं—नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ । गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
समाचार
प्रतिक्रिया