Breaking

रविको बयान सकियो, आजै थुनछेक बहस


काठमाडौं—चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो । उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन् ।
सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।