काठमाडौं—अमेरिकामा विना कागजात बसोवास गर्दै आएका भारतीय अवैध आप्रवासीहरूलाई लिएर अमेरिकी सेनाको एक विमान भारत आइपुगेको छ । उक्त विमान बुधबार अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि पहिलोपटक भारतीय नागरिकहरूको अमेरिकाबाट निर्वासन (डिपोर्टेसन) भएको हो।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया