काठमाडौं—महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्यदिएको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्चव्यक्तिगत स्कोर हो ।
पाँचौं खेल खेलिरहँदा नेपाल जित विहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा हुने छ।जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन्। यस अघिका दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपाल तालिकाको पुच्छारमा छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको चार खेलबाट चार अंक छ। बाँकीदुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ । चार खेलमा शतप्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ।
प्रतिक्रिया