कलाकारलाई समाजको ऐना तथा आमनागरिकका लागि आदर्श र प्रेरणाको स्रोत मान्ने गरिन्छ । तर, तिनै कलाकारहरुको व्यक्तिगत जीवनमा घटेका विभिन्न घटनाले भने उनीहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । पारिवारिक समस्याका कारण कतिपय नेपाली कलाकारको दाम्पत्य जीवन असफल भइरहेका छन् । विवाह गरेको छोटो समयमै सम्बन्ध विच्छेद गर्नेक्रम बढ्दै गएको छ ।
बाहिरबाट झट्ट हेर्दा सानदार जीवनशैली निर्वाह गरिरहेका कतिपय कलाकारहरुको भित्री पीडा र कथा एकनासको पाइँदैन । केही केही कलाकार वास्तविक जीवनमा समेत खुसी र राम्रो पारिवारिक जीवन व्यथित गरिरहेका छन् । जुन समाज र आम सुभेच्छुकहरुका लागि उदाहरणीयका साथै प्ररेणाको स्रोत पनि हो । तर, कतिपय कलाकारको व्यक्तिगत जीवन यति दुःखदायी र कमजोर हुन्छन् कि उनलाई सम्मान गर्ने तथा आदर्श मान्नेहरु निराश हुनु पर्ने अवस्था छ ।
समाजले आइडल मानेका कलाकारहरुकै जिन्दगी किन विवादित र पारिवारिकटुटफुट्ले गिजोलिँदै गएको छ ? आउनुहोस्, कलाकारितामा सफल भए पनि दाम्पत्य जीवन असफल भएका पुराना तथा वरिष्ठदेखि पछिल्लो पुस्ताका कलाकारहरुको चर्चा गरौँ ।
नम्बर १. मनोज गजुरेल र मिना ढकाल
हास्य व्यंग्यमार्फत दुनियाँलाईहसाउँने कलाकार मनोज गजुरेल आफ्नो पारिवारिक जीवनमा भने असफल सिद्ध भए । झण्डै २० वर्ष पुरानो उनको पहिलो वैवाहिक सम्बन्धलाई कानुनी रुपमै बिट मार्दै जीवनको उत्तरार्धकालमा उनले नयाँ दाम्पत्य जीवनसुरु गरे । गजुरेलकी प्रथम श्रीमती मिना ढकालसँग विभिन्नविवादका घटना छताछुल्ल हुँदा प्रहरी हँुदै हिरासतसम्मको घटना सार्वजनिक भएका थिए ।
नम्बर २.छविराज ओझा र रेखा थापा
कुनै समयका चचिर्त चलचित्र निर्माताछविराज ओझाको हात जस्को टाउकोमा हुन्थ्यो ऊ सुपरहिट बन्थ्यो । ओझाले नै नेपाली फिल्ममा भित्र्याएकी नायिका हुन् रेखा थापा । थापा ओझाकै निर्माणमा बनेका धेरै फिल्ममा मुख्य भूमिकामा देखिन्थिन् । जसले उनलाई नेपाली सिनेजगतमा स्थापित ग¥यो । उनै छवि ओझा र रेखाबीचप्रेम सम्बन्ध हुँदै विवाहसमेत भयो । तर, उनीहरुको वैवाहिक सम्बन्ध धेरै वर्ष टिक्न सकेन ।रेखासँग पारपाचुके पश्चात ओझाले अर्की नायिका शिल्पा पोखरेलसँग विवाहगरे । उनीहरुबीचको सम्बन्ध पनि माना चामलसम्मको मुद्दा हुँदै केही दिन अघि मात्रै अंशबन्डा सहमतिपछि टुंगिएको छ । अंशबन्डा बापत नायिका शिल्पा पोखरेलले चार करोड रुपैयाँ बराबरको घर पाएको चर्चा छ ।
नम्बर ३. एलिना चौहान र विष्णु सापकोटा
सामाजिक सन्जालमा भाइरल बनेकी पछिल्लो पुस्ताको चर्चित गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी, धोकबाज हौ तिमी’ । उनको आफ्नै जीवनमा मेल खान पुगेको छ । करिब एक वर्षअघि अस्ट्रेलियामा बस्दै आएकाविष्णु सापकोटासँग वैवाहिक बन्धनमा बाँधिएकी गायिका चौहानले हालै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी छन् । विवाह पश्चात उतै बस्ने भन्दै अस्ट्रेलिया उडेकी गायिका चौहान केही महिनाको बसाईं पछि नफर्किने गरी नेपाल आएकी छन् । श्रीमान् विष्णु सापकोटासँग सँगै जीवन जिउन नसक्ने अवस्था बनेको भन्दै उनले दुई पक्षीय समझदारीमै छुटिने निर्णयमा पुगेको बताएकी छन् । काठमाडौं जिल्ला अदालतमासम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट गत शनिबार सामाजिक संजालमा भिडियो पोस्ट गर्दै उनले आफ्ना धारणा राखेकी हुन् ।आफूहरूले सोचेरै निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेकोसमेत उल्लेख गरेकी छन् ।
बाइट….एलिना चौहान, गायिका
सामाजिक सन्जालको बढ्दो प्रयोगले छोटो समयमै चर्चाको शिखरमा पुगेका एलिना जस्ता अन्य थुप्रै नयाँ कलाकारहरुले आफूले पाएको चर्चा र सफलतालाई व्यवस्थापन गर्न नसक्दाविवाद र समस्यामा घेरिन पुगेका छन् । यस्ता घटनामा परिवारकोसमेत आवश्यक नियन्त्रण तथा सहयोगी भूमिका नदेखिँदा उनीहरु सही मार्ग पहिल्याउनबाट चुक्ने गरेको देखिन्छ ।
नम्बर ४. भुवन केसीर सुस्मिता बम्जन
नेपाली चलचित्रमा एक समय एकछत्र राज गरेका सुपरस्टार भुवन केसी पनि नेपाली कलाकारितामा चर्चा र विवादमा आइरहने व्यक्ति हुन् । उनी पनि आफ्नो वैवाहिक सम्बन्ध टिकाउन नसक्ने व्यक्तिका रुपमा परिचित छन् ।भुवन केसी र सुस्मिता बम्जनको सम्बन्ध पनि विभिन्न विवाद र आरोपप्रत्यारोप पछि टुगिंएको थियो । पहिलो परिवार प्रेमपूर्ण हुन नसकेपछि दोस्रो श्रीमतीका रुपमा सुस्मितालाई भित्र्याएका केसीका दुवै श्रीमती साथमा रहेनन् । परिवारिक सम्बन्ध बिग्रिँदा हालका महंगा नायक अनमोल केसीको बाल्यकाल तनावपूर्ण अवस्थामा बितेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । भुवन केसी हाल अर्की नायिका जिया केसीसँगको सम्बन्धमा छन् ।
नम्बर ४. अन्जुपन्त र मनोजराज सिवाकोटी
६० को दशकमा उदाएकी गायिका अञ्जु पन्त नेपाली सांगीतिक क्षेत्रकी सर्वाधिक रुचाइएकी गायिका हुन् । उनको सांगीतिक जीवनलाई हेरेर लाखौँ मानिस मरिहत्ते गर्छन् तर उनको पनि वैवाहिक जीवन भने सुमधुर रहन सकेन । करिब दश वर्षपछि श्रीमान् मनोजराज सिवाकोटीसँग अलग हुनु प¥यो । शंका, उपशंका हुँदै कुटपिटसम्मको घटनापछि अञ्जुले डिभोर्सको बाटो रोजिन् । हाल अञ्जुले इलामका थीर कोइरालासँग दोस्रो विवाह गरेकी छन् ।
नम्बर ५.प्रियका कार्की ररोचक मैनाली
मिस टिन हुँदै फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका प्रिंयका कार्कीको पहिलो वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । पति रोचक मैनालीसंग अमेरिका बस्ने गरी गएकी प्रियंका डेभोर्सपछि नेपाल फर्किएकी थिइन् । नेपाल फर्किए पछि चलचित्रमा सक्रिय बनेकी कार्की केही वर्षअघि बैंकर रविना देशराजका जेठा छोरा आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाधिन् । हाल उनीहरुको एउटी छोरीसमेत छिन् ।
नम्बर ५.रिमा विश्वकर्मार रोबर्ट विश्वकर्मा
नेपालको चर्चित रियालिटी ‘शो नेपाल आइडल’को प्रस्तोताको रुपमा आफ्नो पहिचान बनाएकी रिमा विश्वकर्मा पनिवैवाहिक सम्बन्धलाई टिकाउन नसक्ने नायिकाको रुपमा चिनिन्छिन् । रोबर्ट विश्वकर्मासंग विवाह सम्बन्धमा बाधिएकी रिमाको पनि दाम्पत्य जीवन सुखद रहन सकेन ।
नम्बर ६. गायिका मिलन अमात्य र मेन्सन अमात्य
नयाँ पुस्ताकी चर्चित गायिका हुन् मिलन अमात्य । गायन क्षेत्रमा पहिलो गीत रेकर्ड गरेपछि गायिका अमात्यलाई पछाडि फर्केर हेर्नु परेन । गायन क्षेत्रमा उनले बलियो उपस्थिति जनाउन सक्षम भइन् । तर, उनी पनि दाम्पत्य जीवनमा भने असफल ठहरिन् । वैवाहिक जीवनको ६ वर्षमै उनले श्रीमान् मेन्सन अमात्यसँग सम्बन्ध विच्छेद गरिन् । मिलन अमात्यले गायक दीपक लिम्बूसँगको प्रेम चक्करका कारण पति मेन्सनसँगको सम्बन्धलाई बिराम दिएको बजारमा हल्ला चल्यो । तर, मिलनले त्यसलाई खण्डन गर्दै आएकी छन् ।
नम्बर. ९ अरुणिमा लम्साल र अमित अर्याल
कुनै समयकी सुन्दर नायिका अरुणिमा लम्सालको पनि पहिलो विवाह सफल हुन सकेन । हाल दोस्रो विवाह पनि खटपटको अवस्थामा रहेको उनको सामाजिक सञ्जालले संकेत गरेको छ । आफ्नो सामाजिक सन्जालबाट उनलेश्रीमानका सबै फोटो हटाएसँगै वैवाहिक सम्बन्धमा दरार आएको शंका गरिएको छ । छोराछोरीका साथ अमेरिकामा बस्दै आएकी अरुणिमाले अमित अर्यालसँग पहिलो विवाह गरेकी थिइन् । उनीसँग छुट्टिएपछि लम्सालले दोस्रो विवाह गरेकी थिइन् ।
नम्बर. १० वर्षा सिवाकोटी र आशिष गेलाल
नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएकी अभिनेत्री वर्षा सिवाकोटीले पनि आफ्नो वैवाहिक सम्बन्ध टिकाउन सकिनन् । अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह बन्धनमा बाँधिएकी वर्षाको नौ महिनामै वैवाहिक सम्बन्ध टुंगिएको थियो । छिटो विवाह गर्द एकले अर्काेलाई बझ्न नसकेको र असमझदारी भएकै कारण छुट्टिनु पर्ने अवस्थामा पुगेको वर्षाले बताएकी थिइन् । वर्षासँग सम्बन्ध तोडेका आशिषले भने झापाकी समीक्षा विमली नामकी युवतीसँग अर्को विवाह गरिसकेका छन् ।
लोक दोहोरीमा छाएकी गायिका बबिता बानियाँ ‘जेरी’ पनि वैवाहिक जीवन टुट्ने कलाकारको सूचीमा पर्छिन् ।सामाजिक सन्जालमा चर्चामा रहेकी बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको सम्बन्ध बिछेदले पनि लोक संगीत क्षेत्रमा भएको विकृतिलाई उदांगो बनाएको छ । एक सन्तानसमेत जन्माएको यो जोडी वैवाहिक सम्बन्ध टिकाउन नसक्ने कलाकारहरुको सूचीमा पर्छन् ।
कलाकारहरुको दाम्पत्य जीवन टुट्ने फुट्ने श्रृंखला पछिल्लो समय मात्र नभइ पुरानै परपाटीको रुपमा रहँदै आएको छ । अभिनेता निखिल उप्रती र अभिनेत्रीसञ्चिता लुइँटेल पनि पहिलो सम्बन्ध बिग्रिएका जोडीमा पर्छन् । यस्तै बलिउडमा एक समयराज गरेकी नेपाली छोरीमनिषा कोइरालाको समेत वैवाहिक सम्बन्ध टिक्न सकेन । युवा उद्यमीका रुपमा चिनाइएका सम्राट दाहालसँग विवाह गरेको मनिषाको केही समयपछि नै डिभोर्स भएको थियो । यस्तै अभिनेत्रीगौरी मल्ल र प्रज्वल भण्डारीको पनि सम्बन्ध बीचैमा टुटेको थियो ।
यी त केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । नेपाली रंगमञ्ज तथा कला क्षेत्रमा लागेका थुप्रै कलाकारहरुको दाम्पत्य जीवन बिचैमा टुटेका छन् । त्यसमा पनि पछिल्लो समय सामाजिक सञ्जालहरुको व्यापकताले गर्दा समाजको ऐना तथा प्रेरणाको स्रोतका रुपमा रहेका कलाकारहरुको व्यक्तिगत जीवनसँग जोडिएका विवादित घटनाले बढी नै चर्चा पाइरहेको छ । आफ्नो सफलताको शिखरलाई व्यवस्थापन गर्न चुक्दा स्वयम् कलाकार विभिन्न विवाद र आलोचनाको सिकार बन्ने गरेका छन् ।
रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुने भन्दा पनि विवाद र काण्डहरुमा बढी मुछिएको देखिन्छ । त्यसो त यस किसिमको समस्या नेपालमा मात्रै नभई विश्वभरकै कलाकारहरुमा देखिन्छ । यद्यपि, नेपाली समाज र संस्कृति सुहाउँदो गतिविधिका साथै व्यक्तिगत जीवनका निर्णयहरु हतार नगरी सोच विचारका साथ लिने हो भने अनावश्यक झमेला र समस्यामा फस्नु पर्ने थिएन कि ?
प्रतिक्रिया