Breaking

जसपा नेपालको अध्यादेश कार्यदलले अर्थविद्सँग छलफल गर्दै


जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक आज पनि बस्दै छ । आज अर्थविदहरुसँग छलफल गर्ने कार्यदलका संयोजक राजकिशोर यादवले बताए । त्यसका लागि दिउँसो एक बजे बैठक बस्ने यादवले बताए ।

कार्यदलले मंगलबार सिंहदरबारमा विज्ञहरूसँग भूमि सम्बन्धी अध्यादेशबारे छलफल गरेको थियो । आज अर्थविदहरुसँग छलफल गरेर शीर्ष नेतृत्वलाई अध्यादेशबारे सुझाव प्रतिवेदन बुझाउने यादवले बताए ।

सरकारले संसद् नरहेका बेला ल्याएका ६ वटा अध्यादेशबारे पार्टीको धारणा बनाउन जसपा नेपालले राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावको आधारमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भन्नेबारे जसपा नेपालले निर्णय लिने छ ।