Breaking

सरकारको कामको गति मिलेको छैन : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको टिप्पणी गरेका छन् । सरकारले कामको गति बढाउनुपर्ने थापाले बताए ।

पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको बताए ।

‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त?’ महामन्त्री थापाले भने,‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।’

नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए । निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताए ।