नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय शृंखलामा थाइल्यान्डले घरेलु टिमसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।
थाइल्यान्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।
नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनीषाले एक मेडन फ्याक्दै १८ रन खर्चिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए ।
प्रतिक्रिया