काठमाडौं—नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १९ सय रपैयाँले बढेको छ। सोमबार स्थिर रहेको सुनको भाउ आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
समाचार
प्रतिक्रिया