राजनीति

बेनीमा प्रचण्ड : खबरदारी सभालाई सम्बोधन गर्ने


काठमाडौं—नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्ने भएको छ । दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।

अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् । स्थानीयले तातोपानी कुण्डको संरक्षणका लागि पहल गरिदिन आग्रह गरेका थिए । म्याग्दी नदी बढेका बेला उक्त कुण्डमा असर पर्ने भएकाले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ थियो ।