अन्तर्राष्ट्रिय

ट्रम्पको क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लिने निर्णय स्थगित


काठमाडौं—क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुई देश माथि लगाइएको अतिरिक्त करको निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन्। ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ। यसैगरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ। ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो। ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन।

ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन्। अमेरिकाको व्यापार युद्ध तत्कलका लागि उत्तर अमेरिकी छिमेकीसँग रोकिए पनि युरोपेली युनियन र बेलायतसँग अब कता जाने भन्ने चासो भने थपिएको छ। ट्रम्पबाट यो निर्णय गर्नु भन्दा अगाडि क्यानडा र अमेरिकाको बीचमा तल्लो तहमा नै पुगेर आलोचना भएको थियो।