Breaking

माओवादीमा पूर्वउपराष्ट्रपति पुनले पाए जिम्मेवारी


काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुखको जिम्मेवारी पाएका छन् ।

सोमबार बसेको पदाधिकारी बैठकले पासाङलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकहरुमा यसअघिबाटै सहभागी हुन थालेका थिए ।

साथै माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ ।