Breaking

‘नो केबलकार समूह’ले गर्यो सरकारसँग वार्ता गर्न समिति गठन


काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।

नो केबुलकार समूहले सरकारसँग वार्ता गर्न प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको विज्ञप्तीमार्फत बताएको छ ।

यता सरकारले केबुलकार निर्माण गर्ने क्रमममा उत्पन्न विवाद समाधान गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

आजकाठमाडौंको माइतीघरमा विभिन्न प्लेकार्डसहित केबुलकार विरोधी समूहले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रदर्शन गरेको थियो ।