काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ ।
उपाध्यक्ष अग्नि सापकोटाका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।
प्रवक्ता सापकोटाका अनुसार बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ ।
महासचिवभन्दा मुनिका पदाधिकारीलाई विशेष प्रदेशसहित १० प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया