काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएकाछन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गरे । नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश भएको उल्लेख गर्दै स्वाभिमानी देश भएको बताए ।
नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिहेको भन्दै कलंकको रुपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताए ।
प्रतिक्रिया