काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिएकाछन् ।
‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरुले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरुका सुझाव, गुनासो तथा नविनतम आविष्कारलाई सम्बोधन गर्नेगरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताए । उनले यथार्थमा हरित शहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताए ।
४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएकाले अहिले सिंहदरबार प्लाष्टिक मुक्त बनेको बताए । बिस्तारै काठमाडौंलाई नै प्लाष्टिकमुक्त राखिने बताउनु भयो ।
वन डढेलो नियन्त्रण, खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था लगायत युवाहरुले उठाएका सवालहरुमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पारे ।
प्रतिक्रिया