काठमाडौं—इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन् । वासिङ्टनमै हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु हुने इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । ट्रम्पले दोस्रो कार्यकालको पदभार ग्रहण गरे पछि उनले भेट गर्ने पहिलो विदेशी नेता नेतान्याहु हुने भएका छन् ।
पहिलो चरणमा प्यालेस्टाइनले बन्दी बनाएका ३३ जनाको साथै इजरायलको जेलमा रहेका दुई हजार जना छुट्ने सहमति भएको हो । दोस्रो चरणमा थप बन्दी रिहाइका साथै युद्धको पूर्ण अन्त्यका लागि छलफल हुनेछ । १५ महिना लामो गाजा युद्धमा ४७ हजार जना भन्दा बढी मारिएका छन् ।
प्रतिक्रिया