अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकालाई दिने सहायता रोक्ने ट्रम्पको चेतावनी


काठमाडौं—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् । उनले यससम्बन्धी अध्ययन पूरा नभएसम्मका लागि दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहायता बन्द गरिदिने उल्लेख गरेका छन् ।

एक सरकारी आँकडा अनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहायता दिएको थियो । यसअघि ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशतको दरले र चीनबाट आयात हुने वस्तुमा १० प्रतिशतको दरले ट्यारिफ लगाउने निर्णय गरेका थिए । राष्ट्रपति ट्रम्पले गत महिना दक्षिण अफ्रिकासँगको सम्बन्धलाई लिएर आफू चिन्तित भएको अभिव्यक्ति दिएका थिए ।