काठमाडौं—राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए । उनले चार महिनाअघि ४ सयमापाउने सिमेन्ट अहिले ८ सय भन्दापनि बढी रहेको बताए ।सिमेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य तिर्नुुपर्ने परिस्थिति रहेको गुनासो गरे ।यस्तै बैठकमा जगप्रसाद शर्माले अध्यादेश भित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताए । उनले सरकारले अध्यादेश तत्कालफिर्ता लिनुपर्ने बताए।
राजनीति
प्रतिक्रिया