काठमाडौं—प्रहरीले म्याग्दी जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापालाई पक्राउ गरेको छ। सहकारीको बचत रकम अपचलन आरोपमा आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलनको आरोप छ । उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
समाचार
प्रतिक्रिया