प्रतिपक्षमा हुँदा सबै गलत र सत्तामा पुगेपछि त्यही गलत पनि ठिक भन्ने भाष्य ,संसदीय राजनीतिमा सामान्यजस्ता देखिन्छन् । कांग्रेस महामन्त्री गगन थापा र एमाले सचिव योगेश भट्टराइ यो मामलामा नम्बरी जोडी जस्तै छन् । उनीहरुको विगत कोट्याएर अहिले आलोचना गर्नै जमात बढ्दैछ । तर, आलोचन सहेर पनि हिजो भिड्ने नेतृत्वको फेरो समात्न किन बाध्य छन् ?
जनताले ‘नो नट अगेन’को क्याटागोरीमा राखेका यी दुई बुढ्यौली नेता । (देउवा, ओली)
अनि थोरै अघिसम्म आशा गरिएका यी दुई युवा नेता । (गगन–योगेश)
समय–समयमा पार्टी संस्थापनका विरुद्ध बोलेर युवापुस्तामा छाप छोडेका यी युवा भनिने दुई नेताहरु विगत बिर्सिएर नेतृत्वको चाकडीमा लाग्दा जनताले उनीहरुका एक–एक बोलीको हिसाब राख्न थालेका छन् । सत्तायात्राको रेसबाट छुटेका यी दुबै नेताले कांग्रेस–एमाले नेतृत्वमा जतिसुकै गलत काम गरे पनि बचाउमा जबरजस्त उत्रिएका छन् ।
वर्षौँसम्म तीन पूर्वप्रधानमन्त्रीको क्लबबाट देश बाहिर ननिस्किएसम्म हुुँदैन भनेर जनता र कार्यकर्तालाई भ्रममा पारे । अहिले त्यही क्लबका वादशाहहरुलाई सफल बनाउन भरपूर मेहनत गरेका छन् । र यसैलाई राजनीतिक धर्म सम्झिएका छन् ।
फुर्ती भने कम छैन । सार्वजनिक मञ्चमा अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्ने दाबी गर्छन् । तर, नराम्रो काम गर्ने प्रधानमन्त्री किन बोकेको भन्ने प्रश्नको जवाफ दिन नसकेका गगनको लीला गजबको देखिन्छ ।
यहाँ सरकारको समर्थन गर्नुुलाई अन्यथा मान्न वा भन्न खोजिएको होइन । तर, केही तथ्य छन् जसले गगनलाई अहिले पनि जिस्क्याउँछ । किनकी कांग्रेसले यसअघि माओवादीसँग पनि सत्ता सहकार्य गरेको थियो । तर, शेरबहादुर देउवा नै प्रधानमन्त्री भएका बेला समेत सरकारलाई यत्तिको सहयोग गरेका थिएनन् । बरु सत्तापक्षकै सांसद भएर प्रतिपक्षीको भूमिका निभाएका थिए । तर, अहिले जतिसुकै गलत काममा पनि किन काँध हालिरहेकाछन् ? प्रश्न उठेको छ । प्रतिपक्षमा बस्दा घाँटीको नसा सुनिए जस्सरी
चिच्याएर बोलेका गिरीबन्धु, भुटानीबन्धुका प्रश्न खोइ ? जनताले प्रश्न उठाउँदैछन् । हिजो यही कांग्रेस प्रतिपक्षमा रहँद ओलीले अध्यादेश ल्याए कन्टेन्ट नहेरी अध्यादेशको प्रकृयामा प्रश्न उठाइन्थो । अहिले प्रक्रिया नहेर्नुस् कन्टेन्ट हेरे पुग्छ भन्दैछन् ।
केही वर्षअघि गगन थापाले संसदमै बोलेको यो अभिव्यक्ति ।
अहिले त्यही प्रकृतिको विधेयक गगनले गुुनगान गाएकै सरकारले ल्याउँदा उनलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रको चिन्ता छैन । तँ त्यही बोल् जे म सुन्न चाहन्छु । किनकी म सत्ताको कोर टीममा छु भन्ने स्थानमा गगन छन् ।
तर, गगनका यीनै क्रियाकलापमा कडा शब्दमा कांग्रेसकै पूर्वनेता डा. अमरेशकुमार सिंहले संसदमै गतिलो जवाफ फर्काएपछि गगन र विश्वप्रकाश शर्माको चेहरा हेर्न लायक देखिन्थ्यो ।
पार्टीमा माधव नेपाल र भीम रावलको हालत हुन्छ भन्ने डरले ग्रसित योगेश पनि अहिले यही ‘नो नट अगेन’वाला क्लबमै छन् । तत्कालिन विद्रोही १० भाइ आफैँ निष्क्रिय रहेका बेला एमालेमै विरोधी धार बनाउन समेत नसक्ने बुझरै अहिले ओलीको अघोषित प्रवक्ता बनेका छन् । संसदमा एमालेका तर्फबाट दलीय हैसियतमै बोल्ने मौका पाएपछि हिजो बैगुनी केटोको ट्याग पाएर ओलीको लिंग छुट्याउन अग्रसर योगेश माधव नेपालको खोइरो खन्न उद्दत देखिए । जबकी माधवकै क्याम्पमा रहेर योगेशले यसअघि राजनीतिक लाभ लिएका थिए । अध्यादेशको साहरा लिएर पार्टी खोल्न लाग्दासम्म पनि माधवकै साथमा थिए । तर, भविष्य धरापमा पर्ने बुझेपछि ओलीकै शरणमा पुगेका थिए । माधवलाई गाली गरे ओलीको प्यारो भइन्छ भन्ने बुझेका योगेशले त्यही शैली अपनाए ।
यदि यसो हो भने संस्थापनको फेरो समात्न किन
कारण १ ः
उमेर र समयले अब गगन र योगेशले सम्भवतः युवाका नाममा राजनीति गर्न पाउँदैनन् । किनकी रास्वपा लगायतका केही नयाँ दल र स्वतन्त्र राजनतिले उनीहरुको युवा राजनीतिको सेन्टिमेन्ट ढोक्सा बन्द गरिदिएको छ । अब नेतृत्वसँग पौठाजोरी खेलेर भविष्य संकटमा छ भन्ने कुुरा उनीहरुले बुझेका छन् ।
कारण २ ः
एमालेको सन्दर्भमा हेर्दा दोस्रो तहका धेरै नेताले चुनाव हारेका छन् । उनीहरुले नेतृत्वलाई टक्कर दिने हिम्मत समेत देखाएका छैनन् । यस्तो अवस्थामा मन्त्री बन्न र आगामी महाधिवेशनमा महासचिवसम्मको दावादारीको माहोल बनाउन योगेशको सक्रियता हुनसक्छ । यता गगन भने पाएको मन्त्री पद समेत अस्वीकार गरी प्रधानमन्त्रीको मिसन भन्दै नेतृत्वको चाकडीमा व्यस्त छन् ।
अर्कोतर्फ सकारात्मक पक्ष पनि छ । जहाँ गगन थापाले उठाएका सहकारी प्रकरण र आईटीको क्षेत्रमा सरकारले सकारात्मक काम गरिरहेको छ । यसकारण समेत कांग्रेस–एमाले सरकारको फेबर गर्नुु गगनलाई बाध्यता बनेको हुनसक्छ ।
फलतः प्रश्न उठाएर प्रोफाइल बनाएका उनीहरु नेतृत्वको पिछलग्गु बन्दा आलोचना र ट्रोलको सिकार बनेका छन् । तर, भिडेर भन्दा मिलेरै ८४ व्यञ्जन चाख्न पाउने उनीहरुको योजना कति सफल हुन्छ त्यो भने पर्ख र हेरकै अवस्थामा छ। ।
प्रतिक्रिया