प्रतिपक्ष दलहरुलाई पेलेरै सरकारले सदनलाई अघि बढाउने रणनीतिमा रहेको हिउँदे अधिवेशनको पहिलो बैठकले संकेत गरेको छ । जहाँ माओवादीकै संसदीय दलको कार्यालयमा बैठक राखेर एक ढिक्का बनेका प्रतिपक्षी दलहरुले आफूलाई दरिलो रुपमा उभ्याउन नसक्दा कांग्रेस–एमालेलाई थप बल मिलेको छ ।।
कांग्रेस–एमाले प्रतिपक्ष दलहरुलाई पेलेरै अघि बढ्ने शुक्रवार सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकले संकेत गरेको छ । बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटक–पटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै यथास्थानमा बस्न आग्रह गरेका थिए । जहाँ उनीहरु उभिरहेको अवस्थामै सभामुखले संसद बैठक अघि बढाएपछि रास्वपाले नयाँ शैलीमा विरोध जनायो । दुई दिन अघिनै संसदमा घम्साघम्सी गर्ने गरि माओवादी रास्वपासहित ७ दलले कसिलो गाँठो कसेका थिए । सोही अनुरुप रास्वपाले संसदमा आवाज उठाउदा ,पूर्वबर्ती बाचा भूलेर सहयात्रीहरुले बीचीमै छोडे ।
फलतः रास्वपा सभामुख र संसदसंग जुध्ने एक्लो पार्टी बन्यो । माओवादी देखि राजावादीको आडमा विरोधको चर्को स्वर गरेका रास्वपाका सांसदहरु पछि केही नलागेपछि १५मिनेट बाहिर हावा खाएर फेरि भित्रै छिरे । माओवादीले मौन स्विकृती दिएपछि सभामुखले पेलेरै संसद चलाए । प्रतिपक्ष एक ढिक्का भएको र संसदमा द्रबिलो प्रतिपक्ष रहेको डम्फुबजाई रहेका बेला, शुक्रबार माओवादीसहित अन्य ६ दलले रास्वपालाई धोका दिएर जोकर बनाएकाछन् ।
रास्वपाले विरोध जनाइरहँदा एक ढिक्का हुने भनि वाचा गरेका प्रतिपक्ष दलहरु सदनमा सो अनुरुप देखिएनन् । हुनत हप्तौदेखि सदनमा एक स्वरका साथ अघि बढ्ने भन्दै प्रचण्डकै नेतृत्वमा माओवादीे संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुले गृहकार्य गरेका थिए । तर त्यो गृहकार्य सदनमा प्रभावकारी नदेखिदा माओवादीसहित नेकपा एकीकृत समाजवादी पार्टीले रास्वपालाई धोका दिएको भाष्यका रुपमा चर्चा गर्न थालिएको छ । फलतः ७ अध्यादेश कसैगरि पेश गर्न नदिने रणनीति बनाएका प्रतिपक्ष दलहरुलाई चक्मा दिदै सरकारले उक्त अध्यादेशलाई अघि बढाएको छ ।
अघिल्लो दिनसम्म सरकारको अब संकटको दिन सुरु भयो, अध्यादेश कसैगरि अघि बढाउन नदिने भन्दै प्रतिपक्ष दलहरुलाई उचालेको माओवादी भोलिपल्ट सदनमा एकाएक लचक हुनुलाई आश्चर्य रुपमा हेर्न थालिएको छ । त्यसोत माओवादीले ससंद् बोलाउन पटकपटक दबाव दिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीदेखि एमालेका सांसद योगेश भट्टराईले प्रचण्डलाई घोचपेच गरिरहँदा पनि उनले जवाफ फर्काएनन् । दलीय हिसाबले शीर्ष नेताले बोल्ने भएतापनि माओवादीका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेलाई अघि सारिएको थियो ।
पूर्व प्रधानमन्त्रीका हिसाबले जति पनि समय लिन पाइने भएपनि सभामुख घिमिरेले २० मिनेट समय तोकिदिएपछि आपत्ति जनाएका प्रचण्ड आफ्नोे दायित्वबाट पछि हटे । काँग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्डले बोल्ने अड्कलका बीच एकाएक एमाले नेता योगेश भट्टराई रोस्टम उक्लिएपछि माओवादीबाट हितराजलाई बोल्न दिइयो । प्रचण्डले किन सम्बोधन गरेनन् भन्नेनै अर्को प्रश्न बन्यो । प्रतिपक्ष कित्तामा रास्वपा र राप्रपा आक्रामक बन्दा प्रमुख प्रतिपक्ष दल माओवादीले सडकमा अध्यादेशको चर्को आलोचना गरेपनि त्यो आक्रोश न सदनमा देखियो न अभिव्यक्तिमा ।।
सदनको पहिलो बैठकलाई नियाल्दा रास्वपाले प्रतिपक्ष दलहरुको साथ नपाउने संकेत देखिएको छ । यो बीचमा अब रास्वपा आफ्ना सभापति रवि लामिछानेका पक्ष र जनजीविकामा विषयमा कसरी अघि बढ्छ ? चासो पूर्वक हेरिएको छ । सभापति लामिछानेबिना पार्टी चल्दैन भन्ने भास्य चिनुपर्ने चुनौतिका बीच सरकारको पेलाईमा परेको रास्वपाले आक्रामक रुपमा भ्रष्टचारका काण्ड खोतलेर दबाव सिर्जना गर्ने रणनिती बुनेको छ।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बलियो रहेको सन्देश संसद् सम्बोधनबाट दिएका छन् । संसद्मा झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार लामो नजाने भन्ने प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गर्दै कांग्रेससँगको गठबन्धन बलियो रहेको दाबी गरे । जहाँ प्रतिपक्ष एक ढिक्का भएर सदनमा प्रस्तुत हुने नदेखेपछि हौसिएको कांग्रेस–एमालेलाई अध्यादेश पास गर्नसमेत कठिनाई नहुने देखिएको छ ।
सरकारले प्रतिशोध साँधेको भाष्य निर्माण गरेको रास्वापले प्रचण्डको फेरे समातेर ओली तह लगाउने निती लिएको देखिन्छ । तर शुक्रबारको घटनाले प्रचण्डले नै घुमाइघुमाई रास्वपालाई उच्काएर बलीको बोको बनाएकाछन् । यसर्थ प्रचण्डको स्तुतीमा सरकार तह लगाउने रास्वपाको मिसन कामयाबी हुनेमा शंसय छ।
प्रतिक्रिया