प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध र बहिष्कार गरेको छ।यसअघि सदनका ४ वटा अधिवेशनले खासै काम गर्न नसकेको परिप्रेक्षमा यो पाँचौ अधिवेशको शुरुवातमै राम्रो संकेत नदेखिएको हो ।
यद्यपि,सभामुख देवराज घिमिरेले भने विरोधकैबीच कार्यसूची अघि बढाए । आखिर कस्तो देखियो त पहिलो बैठकको दृश्य ।
यो संसदको चारवटा अधिवेशन निष्प्रभावी बनेको परिप्रेक्षमा शुक्रबारदेखिसुरु भएको पाँचौँ अधिवेशनसमेत अवरोधकैबीच सञ्चालन भएको छ । कानुन निर्माणको अधिवेशनसमेत भनेर चिनिने संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विरोध र बहिष्कार गरेका हुन् ।
बैठक सुरु भएलगत्तै रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालसहितका सांसदहरू उठेर विरोध जनाएका थिए।बैठकअघि रास्वपा सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर हिउँदे अधिवेशनको पहिलो बैठकबाटै आफ्नो निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
तर ‘कानुन हेर्छु’ भन्दै फर्काइदिएका सभामुखले निलम्बन फुकुवाको निर्णय नलिएपछि रास्वपा सांसदहरू बैठक सुरु हुनेबित्तिकै आफ्नो आसनबाट उठेका थिए।यता सभामुखलेअरु बैठक र अधिवेशनको पहिलो बैठकबीचको फरक बुझ्नुपर्ने भन्दै रास्वपा सांसदलाईसंसद नियमावलीका केही व्यवस्थाहरु पढेर नै सुनाउन भ्याए । निकै अफ्ठ्यारोमा देखिएका उनी कहिले सम्झाउने त कहिले थर्काउने शैलीमा प्रस्तुत हँुदा रास्वपा सांसदहरु भने टसमस भएनन् ।
यता, रास्वपा सांसदहरुले पनि दलीय आधारमा सम्बोधन गर्ने कार्यसूची हुँदाहुँदै पहिले नै किन बोल्नु आवश्यक पर्यो भन्नेबारे प्रष्ट पारेनन् । बरु एकोहोरोऔपचारिक कार्यसूचीमा प्रवेश गर्नुअघि बोल्नका लागि आकस्मिक समय माग गरिरहे । तर, सभामुख घिमिरेले ४ पटकसम्म बस्न आग्रह गरेका थिए ।आदेश पालना नभएपछि सभामुख घिमिरेले पेलेरै बैठक अघि बढाए। सभामुखले बैठकअघि बढाएपछि रास्वपा सांसदहरूले १५ मिनेटका लागि बहिष्कार भन्दै सदनबाट बाहिरिए ।
रास्वपा सांसदहरु १५ मिनेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको बेला संसद हलमा प्रवेश गरेका थिए । जसले संसदभित्र रहेका सांसदहरुमै अन्यौलता देखिँदा त्यसअघि नै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डायरी दिन भ्याए ।कांग्रेसको साथ लिएर ओली असार ३० गते प्रधानमन्त्री बनेयता भड्किएका प्रचण्डलाई दिइएको डायरीमाके लेखिएको छ? भन्ने चासो बढाएको छ।
सत्ता र प्रतिपक्षबीच नोकझोक र रोचक दृश्यकाबीच अघि बढेको संसदमा कांग्रेस सभापतिशेरबहादुर देउवा तथा अन्य सांसदहरुले दलीय हैसियतमा बोल्दा प्रचण्डले भने बोल्न आवश्यक ठानेनन् । जबकि यो समयमा रास्वपाले उनीमाथि राम्रै साथको अपेक्षा गरेको देखिन्छ ।
यद्यपि रास्वपा सांसदहरुलाई पेलेको विषयमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने प्रश्न उठाए । यसले यो संसद साझा तरिकालेभन्दा पक्ष र प्रतिपक्ष धुव्रीकरणकै बाटोबाट अघि बढेको प्रष्ट छ । जबकि संसद्को तल्लो सदन प्रतिनिधिसभाले माघ महिनाभित्र छ वटा बैठक राख्ने कार्यतालिका तय गरेको छ।त्यसबाहेकसरकारले दर्ता गराएका केही नयाँ विधेयकहरू र यसअघिबाटै विचाराधीन विधेयकहरूलाई कानुन निर्माणको प्रक्रियामा यो संसद अधिवेशनमा अघिबढाइने ठानिएको छ।
०
प्रतिक्रिया