Breaking

हिउँदे अधिवेशनको पहिलो बैठक : रास्वपाको बिरोधकैबीच अघि बढ्यो कार्यसुची


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको पहिलो बैठकमा नै बिरोध जनाएको छ ।

आजको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको हो । रास्वपाले बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका हुन् ।

रास्वपा सांसदहरुले उभिएर संसदमा बिरोध जनाएपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह गरेकाथिए ।
अवरोध जारी रहदा सभामुखले पेलेर अघि बढेपछि रास्वपाका सांसले वैठक बहिस्कार गरेकाछन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधन जारी छ ।