मौसम

कस्तो छ आजको मौसम ?


काठमाडौं—आज बिहान पनि तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागे पनि बाँकी भूभागमा मौसम सफा छ । हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । विभागले शनिबार बिहान पनि तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।