अन्तर्राष्ट्रिय

रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु


काठमाडौं—युक्रेनको पूर्वी शहर सुमीमा सोभियत कालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न शहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ । रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गरेयता दैनिक जसो दर्जनौँ ड्रोन वा क्षेप्यास्त्रले युक्रेनी भूगोलमा गाउँ र सहरमा रहेका बस्तीका साथै महत्त्वपूर्ण भौतिक संरचनालाई लक्षित गर्दै आएको छ ।

आपत्कालीन सेवाहरूले वितरण गरेको तस्बिरमा भवनको छेउमा एउटा प्वाल परेको र उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजी गर्दै भवनको भग्नावशेष खनेको देखाइएको छ। मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले सुमीमा चार जनाको मृत्यु हुनुका साथै एक बालकसहित नौ जना घाइते भएको बताएका छन् । यो शहर रूसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रुसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।