काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एच.पि.भी. खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ । सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी. खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो । सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताए ।
नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए। उनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिए।
प्रतिक्रिया