समाचार

साताको अन्तिम दिन बढ्यो शेयर बजार


काठमाडौं– साताको अन्तिम शेयर बजार आज बढेर बन्द भएको छ । आज मंगलबार भएपनि बुधबार र बिहीबार सार्वजनिक बिदा भएकाले गर्दा आज साताको अन्तिम कारोबार भएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले बढ्दा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १०५ कित्ता शेयर कारोबार भएको छ ।

१७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ । आज ३२५ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ९७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।