काठमाडौँ – मधेशकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।
राजधानीमा सोमबार बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकले आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा रहने एक एक जना नेताहरूको नाम टुंग्याउने निर्णय गरेको हो ।
मोर्चाका गतिविधिमा सक्रिय राष्टिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार बिहीबारसम्म कार्यदल बनाएर सबै दलका अध्यक्षसहितको बैठक बस्ने छ ।उक्त कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने छ ।
प्रतिक्रिया