काठमाडौं—अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारीरी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्ष क(डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।
२० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् । शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए । टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानाएको छ ।
प्रतिक्रिया