काठमाडौं—गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको स्वरमा ‘रमाउन खोज्दै छु, नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा एरेन्ज सन्जिव बराईलीले गरेका छन् भने मिक्स मास्टरिङ किसोर थापाले गरेका छन् । मोडल तथा निर्देशक देवराज आचार्यको निर्देशन तथा सिनेमोटोग्राफिमा निर्माण भएको भिडियो क्यामेरामा शिशिर सापकोटाले साथ दिएका थिए । त्यस्तै भिडियो सम्पादन र कलर पदम सुवेदीले गरेका छन् भने पोस्टर डिजाइनिङ सन्तोस चौहानले गरेका छन् । चर्चित मोडल गीता ढुंगाना र पर्वत गदाईलीको अभिनय रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पिडाका बावजुद पनि आफूलाई बलियो बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
मनोरञ्जन
प्रतिक्रिया