समाचार

साताको पहिलो दिनमै घट्यो शेयर बजार


काठमाडौं—साताको पहिलो दिन आज शेयर बजार घटेको छ । नेप्से आज १० दशमलव४१ अंकले घटेर २हजार ६४३.९३ विन्दुमा झरेको हो । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबारको दिनगएको बिहीवार ७अर्ब ८५ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ९ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।