अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गत जनवरी सातदेखि सुरु भएको लस एन्जलस क्षेत्रको आगलागी नियन्त्रणमा ल्याउन नपाउँदै ह्युजेस क्षेत्रमासमेत आगो फैलिएको छ ।
गत जनवरी ७ मा बिहान १० बजेर २० मिनेटमा लस एन्जलसको जंगल प्यालिसेड्स क्षेत्रबाट एकाएक सुरु भएको डढेलो साँझ साढे ६ बज्दा नबज्दै इटन क्षेत्र र बेलुका साढे १० बज्दा ह्रष्ट क्षेत्रसम्म फैलिन पुगेको थियो । सुख्खा मौसम र तीव्र गतिमा चलेको हावाले आगो नियन्त्रणको प्रयास सफल हुन सकेन । तीव्र रुपमा आगो फैलिएको दक्षिण क्यालिफोर्निया क्षेत्रमा ‘सेन्टा ऐना विन्ड्स’ तीव्र वेगको हावा सुरु भएपछि अवस्था झनझन नाजुक बन्न पुग्यो ।
आगलागीमा परी हालसम्म २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । १७ हजारभन्दा बढी आवास तथा भौतिक संरचना ध्वस्त भएको र दुई लाखभन्दा बढी मानिसहरु विस्थापित भएको बताइएको छ । प्यालिसेड्स र इटन फायरले सबैभन्दा बढी क्षति पु¥याएको छ ।
दुई सातादेखि जारी विनाशकारी आगो नियन्त्रण हुन असफल भई रहेका बेला लस एन्जलस सहरबाट करिब ४५ माइल उत्तरपश्चिममा पर्ने काउन्टीको ओटे माउन्टेन जंगलमा, सेन डियागो र ओसियन साइड क्षेत्रमा समेत आगो फैलिएको छ । ह्युजेस आगलागी शुक्रवार दिउँसोसम्म १० हजार एकडभन्दा बढी क्षेत्रमा फैलिसकेको जनाइएको छ । चार हजारभन्दा बढी अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणका लागि निरन्तर प्रयास जारी राखेका छन् । तथापि, हालसम्म जम्मा १४ प्रतिशत मात्र आगो नियन्त्रण सफल भएको जनाइएको छ ।
लस एन्जलसको जंगलमा लागेको शृंखलाबद्ध ३० भन्दा बढी विनाशकारी डढेलोले लस एन्जलस महानगर पूर्ण रुपमा खरानीमा परिणत भएको छ । साथै हालै राष्ट्रपतिको पदभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी भएका क्षेत्रको अनुगमन गर्ने भनिए पनि उनी अवलोकनका लागि प्रभावित क्षेत्र पुगेका छैनन् । आगलागी र आगो नियन्त्रण हुन नसक्नुको पछि क्यालिफोर्नियाले अपनाएको वातावरण सम्बन्धी नीति र व्यवस्थालाई दोष दिइएको छ । अहिलेको डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भएको जनाइएको छ ।
०००
प्रतिक्रिया