काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेसवादी दलहरु एक हुने सम्भावना नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निजी स्वार्थका कारण मधेसवादी दलहरु फुटेको बताए । उनले स्वार्थमा काम गर्नेहरुलाई पदच्युत भएसँगै कसैले नचिन्ने बताए । धर्तीमा रहँदा केही नाम चिन्नेगरी काम गर्नुपर्ने बताए।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताए । उनले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताए। मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताए ।
प्रतिक्रिया