काठमाडौं —सरकारले वैदेशिक रोजगार सम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । आज प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराएका हुन् । उनले वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका लागि सरकार लागि परेको बताए। उहाँले वैदेशिक रोजगार सम्बन्धीका मुद्दाहरु जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानून परिमार्जन गर्नुपर्ने बताए।
समाचार
प्रतिक्रिया