समाचार

सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने


काठमाडौं—कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताएका छन् । आज प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिमा उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिए । सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको मन्त्रीको भनाई छ ।