समाचार

असनमा आगलागी


काठमाडौं—काठमाडौंको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको हो । आगलागीको खबर आएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दले बताइन् । आगो नियन्त्रणमा आउने क्रममा रहेको उनले बताइन् ।