समाचार

चितवन महोत्सवमा देवी प्रतिभाले कथा वाचन गर्ने

योहो संवाददाता

काठमाडौं –चितवनको देवघाटमा सुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुगेकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।

भरतपुर महानगर प्रमुख रेणु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलले जानकारी दिए । देवघाट धाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ ।