Breaking

सहकारी ठगी प्रकरण: फरार अञ्जला कोइराला जिल्ला अदालतमा उपस्थित

योहो संवाददाता

मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी संघीय संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन् ।

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी ठहर गर्दै मंसिर २७ गते जिल्ला सरकारी वकिल कार्यालयले अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।

न्यायाधीश अरुणकुमार झाको इजलासले सहकारीका अध्यक्ष श्यामकुमार रौनियार र अञ्जलासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ ।