देश

जनस्वास्थ्यबारे यथार्थ र वर्तमान अवस्था

योहो संवाददाता

काठमाडौँ — सर्वप्रथम जनस्वास्थ्यबारे विस्तृत रुपमा जानु भन्दा अगाडि मैले जनस्वास्थ्य नै किन रोज्न पुगेँ भन्नेबारे छोटो चर्चाबाट सुरुवात गर्न चाहन्छु । स्वास्थ्य भन्ने शब्द सानैदेखि सुन्दै आए पनि ‘जनस्वास्थ्य’ भन्ने शब्द मैले पहिलोपटक Health Assistant (PCL General Medicine) पढ्दा सन् २०१३ मा सुनेको थिएँ। त्यो बेला C.E.A. Winslow ले तय गरेको जनस्वास्थ्यको परिभाषा “Public health is the science and art of preventing disease, prolonging life, and promoting physical health and efficiency through organized community efforts” पढेर जनस्वास्थ्य बारे जानकारी हांसिल गरेको हुँ। जनस्वास्थ्य शब्द नै प्यारो लाग्ने, सबै तिर जनस्वास्थ्य जोडिएको छ, जनस्वास्थ्यकै भुमिका छ जस्तो लाग्ने गर्दछ । अहिले आएर नेपाल सरकारको एक जनस्वास्थ्यकर्मी एवम् जनस्वास्थ्य संकाय विद्यार्थीका रुपमा आफुलाई चिनिन पाँउदा गर्व महसुस हुन्छ । मैले यस लेखमा एउटा जनस्वास्थ्यकर्मी एवम् जनस्वास्थ्य संकायको विद्यार्थीका रूपमा आफुले जनस्वास्थ्य सम्बन्धि जानेका, बुझेका र देखेका विषयवस्तुबारे प्रस्तुत गर्ने जमर्को गरेको छु ।

जनस्वास्थ्यको अवधारणा र परिचय

सर्वप्रथम स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एक नासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, त कसैलाई मोटोघाटो खाइ लाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदी नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरी जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बु